विराट गोल्डकपः एपिएफ विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
३३ पटक हेरिएको
Shares
विराट गोल्डकपः एपिएफ विजयी

सारांश

  • मोरङ ।
  • विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ ।
  • उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ ।

उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २–१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार नगद राशि प्राप्त गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?