के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
४९ पटक हेरिएको
Shares
के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?

सारांश

  • एजेन्सी।
  • चर्चित कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को सीजन २ सुरु भएपछि सबैभन्दा चर्चामा छ।
  • उक्त शोलाई दर्शकले निकै मन पराएका छन्।

एजेन्सी। चर्चित कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को सीजन २ सुरु भएपछि सबैभन्दा चर्चामा छ। उक्त शोलाई दर्शकले निकै मन पराएका छन्। उक्त शो टीआरपीको सूचीमा दोस्रो नम्बरमा छ।

उता सुनील ग्रोबरको शो ‘कानपुर वाले खुरानाज’ बन्द भइसकेको छ। उक्त शो सुनील ग्रोबरकै कारण बन्द भएको हो। ‘शो मेरै कारणले बन्द भएको हो। मैले केवल आठ हप्ताकालागि मात्रै साइन गरेको थिएँ’, उनले भनेका छन्।

सुनील सलमान खानको फिल्म ‘भारत’ को शुटिङमा व्यस्त हुने भएपछि उक्त शो बन्द भएको बताइएको छ। यतिबेला उनी फिल्मको शुटिङमा व्यस्त छन्। फिल्म भारतको शुटिङ डेढ महिनासम्म चल्ने बताइएको छ। उनको शो बन्द भएपछि सुनील कपिलको शोमा आउने अमुमान लगाउँदै आएको छ। फिल्म भारतको शुटिङ पूरा भएपछि सुनील कपिलको शोमा फर्किने बताइएको छ। यो चर्चामा केही आधार पनि देखिएको छ।

पहिलो कुरा त कपिलले लगातार सुनीललाई आफ्नो शोमा बोलाइ रहेका छन्। कपिलले सार्वजनिक मञ्चबाट पनि सुनीललाई आफ्नो शोमा आउन अनुरोध गर्दै आएका छन्। अर्को कुरा के हो भने सुनीलले नै मौका मिल्यो भने आफू कपिलको शोमा काम गर्ने बताएका थिए। उनले आफू र कपिलको बीचमा कुनै विवाद नभएको र अहिले सबै ठिक रहेको बताएका थिए।

तेस्रो कारण पुराना कलाकारसँग कपिलको मिलजुल छ। कुनै बेला कृष्ण अभिषेक र कपिलबीचको सम्बन्ध राम्रो थिएन। तर अहिले कृष्णा कपिलको शोमा काम गरिरहेका छन्। कपिलका पुराना धेरै साथी अहिले उनको शोमा काम गरिरहेका छन्। यस्तो अवस्थामा सुनील पनि कपिलको शोमा फर्किन सक्छन्।

यद्यपी सुनील कपिलको शोमा फर्किने विषयमा अहिलेसम्म आधिकारिक रुपमा केही जानकारी सार्वजनिक भएको छैन। तर प्रशंसक भने कपिल र सुनील दुवै सँगै काम गरुन भन्ने चाहन्छन्।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?