सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?

सारांश

  • काठमाडौं।
  • इण्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन् ।
  • सन्दिपले यो लिगमात्र नभइ विश्वभरका अन्य ठूला टि–२० लिग पनि खेल्छन् ।
काठमाडौं। इण्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन् । सन्दिपले यो लिगमात्र नभइ विश्वभरका अन्य ठूला टि–२० लिग पनि खेल्छन् । नेपालको राष्ट्रिय टोलीबाट खेल्दा २५ नम्बरको जर्सी लगाउने सन्दिपले अन्य देशका ठूला लिगमा पनि धेरैजसोमा २५ नम्बरकै जर्सी लगाउँछन् । तर, आइपिएलमा भने दिल्लीको १ नम्बरको जर्सी लगाउँछन् । धेरैलाई उत्सुकता हुन सक्छ आखिर सन्दिपले २५ नम्बरको जर्सी लगाउन किन पाएनन् ? त्यो जर्सी कसले लगाउँछ ? 
सन्दिपले २०१८ को सिजनमा आइपिएलमा प्रवेश पाएका हुन् । त्यतिबेला दिल्लीले अक्सनबाट किनेका अर्का एक खेलाडीले पहिल्यैदेखि २५ नम्बरको जर्सी लगाउने गरेको हुँदा सन्दिपले त्यो नम्बरको जर्सी पाएका थिएनन् । आइपिएल २०१७ मा दिल्लीबाट खेल्ने दक्षिण अफ्रिकी बलर कागिसो रबाडाले २५ नम्बरको जर्सी लगाएर खेलेका थिए । २०१८ मा दिल्लीले रबाडालाई रिटेन त गरेको थिएन तर अक्सनबाट किनेको थियो । रबाडा २०१८ को सिजनमा पनि दिल्लीमै आएको र उनको पहिल्यैदेखिको जर्सी नम्बर २५ भएकोले यो जर्सी नम्बर रबाडाकै लागि रिजर्भ राखेर सन्दिपलाई १ नम्बरको जर्सी दिइएको थियो । 
रोचक त के भने २०१८ को सिजनमा दिल्लीका कुनै पनि खेलाडीले २५ नम्बरको जर्सी लगाएर खेलेनन् । २०१८ को आइपिएल सुरु हुनुभन्दा पहिल्यै रबाडा घाइते भए । डाक्टरले उनलाई ३ महिना आराम गर्न भनेपछि उनी आइपिएलको पूरै प्रतियोगिताबाट बाहिरिए । रबाडा घाइते हुनुभन्दा पहिल्यै जर्सी नम्बर निर्धारण भइसकेको र सन्दिपलाई पहिल्यै जर्सी नम्बर १ दिइसकिएकोले सन्दिपले १ नम्बर जर्सी नै लगाएर खेले । रबाडा दिल्लीको तर्फबाट खेल्न सकेनन् तर उनको नाममा छुट्याइएको २५ नम्बरको जर्सी उनकै नाममा रिजर्भ रह्यो । 
२०१९ को सिजनमा आइपुग्दा अहिले रबाडाले २५ नम्बरको जर्सी लगाउँदैनन् । अहिले रबाडाको जर्सी नम्बर १० हो । तर, यो सिजनमा पनि सन्दिपले २५ नम्बरको जर्सी लगाउन पाएनन् । किनकि यो सिजनमा दिल्लीले हैदराबादबाट किनेका खेलाडी शिखर धवनको पहिल्यैदेखिको जर्सी नम्बर २५ थियो । २५ नम्बरको जर्सी धवनलाई दिइयो र सन्दिपले १ नम्बरकै जर्सी लगाएर खेल्छन् । यद्यपि अघिल्लो सिजनमा ७७७ नम्बरको जर्सी लगाएर खेल्ने गरेका ऋषभ पन्तले भने यो सिजनमा जर्सी नम्बर फेरेका छन् । उनले अहिले १७ नम्बरको जर्सी लगाउँछन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?