नेपाल अाइडल अाज देखि टेलिभिजनमा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाल अाइडल अाज देखि टेलिभिजनमा !

सारांश

  • काठमाडाैँ, २४ साउन ।
  • नेपाल अाइडलकाे दाेस्राे संस्करण अाज देखि टेलिभिजनमा देखाइने भएकाे छ ।
  • पहिलाे संस्करणकाे भव्य सफलता पछि धेरैजना नेपाल अाइडल २ काे प्रतिक्षामा  थिए ।

काठमाडाैँ, २४ साउन । नेपाल अाइडलकाे दाेस्राे संस्करण अाज देखि टेलिभिजनमा देखाइने भएकाे छ । पहिलाे संस्करणकाे भव्य सफलता पछि धेरैजना नेपाल अाइडल २ काे प्रतिक्षामा  थिए । अडिसन राउण्ड धेरै पहिले सकिए पनि पर्दामा भने अाजदेखि मात्र प्रसारण हुने भएकाे हाे ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटि शाे नेपाल अाइडलकाे पहिलाे सिजनकाे उपाधी बुद्ध लामाले जितेका थिए भने निशान भट्टराइ र प्रताप दास क्रमश दाेस्राे र तेस्राे भएकाे थिए । भाेटिङ सिस्टममा धाँधलीकाे अाराेप लागेपनि अन्ततः नेपाल अाइडलकाे पहिलाे संस्करण यादगार बनेकाे थियाे । अघिल्लाे वर्षका धेरै सहभागीहरुले अाफ्नाे एल्बम निकालेर संगित क्षेत्रमा जमिसकेका छन् भने केही यहिँ स्थापित हुने जमर्काे गर्दैछन् ।

देशका विभिन्न ठूला शहरहरुमा गइ अडिसन लिइएकाे यस शाेका जजहरु पहिले कै अर्थात इन्दिरा जाेशी कालीप्रसाद बास्काेटा र न्हुँ बज्राचार्य रहनेछन् । नेपाल अाइडल एपि वान एचडी टेलिभिजनबाट हरेक हप्ता विहिबार र शुक्रबार राति प्रसारण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?