जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
४६ पटक हेरिएको
Shares
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

सारांश

  • नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताउनुभएको छ ।
  • आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताउनुभयो ।
  • मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उहाँले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताउनुभयो ।

मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उहाँले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिनुभयो । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उहाँको भनाइ थियो ।

केन्द्रको कमजोरीका कारण नेविसङ्घ र तरुणदलले पूर्णता पाउन नसकेको उहाँले बताउनुभयो । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उहाँको टिप्पणी थियो । अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भन्नुभयो, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?