बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२० पटक हेरिएको
Shares
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी

सारांश

  • काठमाडौं ।
  • मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गरेका छन् ।
  • बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा मध्यपुर पर्यटक विकास समितिद्वारा वसन्तपुरमा आज आयोजित उक्त प्रदर्शनी शुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ऐतिहासिक जात्राको रूपमा रहेको बिस्काः तथा जिब्रो छेड्ने जात्रालाई प्रवर्द्धन गर्न यस्ता प्रर्दशनी महत्वपूर्ण हुने बताए ।

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गरेका छन् ।

बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा मध्यपुर पर्यटक विकास समितिद्वारा वसन्तपुरमा आज आयोजित उक्त प्रदर्शनी शुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ऐतिहासिक जात्राको रूपमा रहेको बिस्काः तथा जिब्रो छेड्ने जात्रालाई प्रवर्द्धन गर्न यस्ता प्रर्दशनी महत्वपूर्ण हुने बताए ।

‘सानो भूभागमा रहेका संस्कृति तथा सम्पदाको प्रवद्र्धन गरी पर्यटकको अभिवृद्धि गर्ने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोटो प्रर्दशनीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ’, उनले भने । आजदेखि सुरु भएको जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ । जात्राको अन्तिम दिन जिब्रो छेड्ने कार्यक्रम रहेको नगरप्रमुख श्रेष्ठले बताए।

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले नेपालका कला र संस्कृति संरक्षण गरी पर्यटक प्रवर्द्धन गर्न जरुरी भएको बताए । नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी वर्ष शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखी पालिकाले योजना तय गरिरहेको बताए ।

बिस्काः जात्रा सम्बन्धी विभिन्न समयका ९० फोटो प्रदर्शनीमा राखिएकामा जात्रालाई झल्काउने ऐतिहासिक बस्ती, जात्राको पहिचान दिने बाजा, सिन्दुर, खट जात्रा, चिलाख, बालकुमारी माईलगायत कला, संस्कृति तथा पुरातात्विक सम्पदाको फोटो छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर ?
परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर ?
उच्च अदालतकाे आदेशसँगै कलाकार पल शाह आज रिहा हुँदै
उच्च अदालतकाे आदेशसँगै कलाकार पल शाह आज रिहा हुँदै
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
झोलुङ्गे पुलले यात्रामा सहज
झोलुङ्गे पुलले यात्रामा सहज
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल

तपाईंले छुटाउनुभयो कि?