प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १७, २०७७
|
|
३५ पटक हेरिएको
Shares
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने

सारांश

  • सत्तारूढ नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा विभाजित बनेको छ ।
  • तर, उपाध्यक्ष वामदेव गौतम भने दुवै पक्षको भेलामा अहिलेसम्म सहभागी भएका छैनन् ।
  • यो बीचमा उनले आफूले पार्टीलाई विभाजनबाट रोक्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउँदै आएका छन् ।

सत्तारूढ नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा विभाजित बनेको छ । तर, उपाध्यक्ष वामदेव गौतम भने दुवै पक्षको भेलामा अहिलेसम्म सहभागी भएका छैनन् । यो बीचमा उनले आफूले पार्टीलाई विभाजनबाट रोक्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउँदै आएका छन् । र, सोहीअनुसार सक्रिय भूमिकासमेत खेलेका छन । आजमात्रै नेता गौतमले पुष्पकमल दाहाललाई भेटेका छन् ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीलाई विभाजनबाट रोक्नुपर्नेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि गौतमले ओलीको उक्त कदमको विरोध गरेका थिए । तर, ओलीविरुद्ध दाहाल–नेपालले सुरु गरेको आन्दोलनमा पनि उनी सहभागी भएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?