नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
सारांश
- काठमाडौं।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच भाइचार सम्बन्ध स्थापित भएको छ।
- दुवै कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदान गर्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको हो।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच भाइचार सम्बन्ध स्थापित भएको छ। दुवै कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदान गर्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको हो। राजधानीको होटल म्यारियटमा एक कार्यक्रमबीच नेकपा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युष्टि पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपालि चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि बृहत् रुपमा आयोजना गरिएको हो। कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।
प्रतिक्रिया