अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

सारांश

  • ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका, १ असोज ।
  • संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ ।
  • बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् ।

ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका, १ असोज ।संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् ।दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् ।केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ । आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ ।टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गर्नुभएको थियो ।

सोमबार प्राप्त समाचारमा यहाँको दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ ।अधिकारीहरुले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन् । यस प्रकोपले यहाँ अरबौँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ । उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ । वर्षाका कारण ती क्षेत्रहरुका नदीको सतह अस्वाभाविक रुपमा बढेको छ ।

मौसमविद्हरुले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीहरुमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरुले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन् ।मौसमविद्हरुले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन् । साथै उनीहरुले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन् ।सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ । तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ । आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो । अधिकारीहरुले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताएका छन् ।

अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ ।गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पु¥याएको थियो । टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो ।मौसम अधिकारीहरुले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
बसको ठक्करबाट एक जनाको मृत्यु
बसको ठक्करबाट एक जनाको मृत्यु
सुतिरहेको अवस्थामा महिला बलात्कृत
सुतिरहेको अवस्थामा महिला बलात्कृत
काठमाडाैमै तीनसय रूपैयामा  विहे !
काठमाडाैमै तीनसय रूपैयामा विहे !
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन

तपाईंले छुटाउनुभयो कि?