राज्यमन्त्री चपाईंले लिइन् शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राज्यमन्त्री चपाईंले लिइन् शपथ

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छिन् ।
  • राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै राज्यमन्त्री चपाईंले मन्त्रालय पुगी पदभार सम्हालेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?