स्वास्थ्यकर्मी नहुँदा ट्वाइलेटमा बच्चा जन्माइन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
स्वास्थ्यकर्मी नहुँदा ट्वाइलेटमा बच्चा जन्माइन्

सारांश

  • मोरङको सुनवर्षी नगरपालिका ९ की २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएकी छन्।
  •  २४ घण्टा प्रसूति सेवा प्रदान गर्ने भनिएको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उनले शौचालयमा शिशु जन्माएकी छिन् ।
  • स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी विदामा बस्दा महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको हो ।

मोरङको सुनवर्षी नगरपालिका ९ की २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएकी छन्। २४ घण्टा प्रसूति सेवा प्रदान गर्ने भनिएको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उनले शौचालयमा शिशु जन्माएकी छिन् ।

स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी विदामा बस्दा महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको हो । प्रसव व्यथाले च्यापेपछि डाइनिया स्वास्थ्य चौकीमा साहलाई आफन्तले विहान ११ बजे प्रसूति गराउन लगेका थिए।

नातामा फूपु पर्ने रोहितकुमारी साहले घर नजिकैको स्वास्थ्य चौकीमा पुर्याउँदा कोही स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ पु¥याएको लगभग एक घण्टापछि शौचालय लगिएकी साहले त्यहीँ छोरी जन्माएकी हुन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Acharya

    Haina toilet ma kina janmauna paro bhaira janmauna mildo rainaxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?