पैसामा विवाद हुँदा श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
४३ पटक हेरिएको
Shares
पैसामा विवाद हुँदा श्रीमतीको हत्या

सारांश

  • श्रीमतीको हत्या गरेको अभियोगमा एकव्यक्ति पक्राउ परेका छन् ।
  • श्रीमती सिता नेपालीको हत्या गरेको अभियोगमा नुवाकोट घर भई बारा निजगढ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
  • काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिताको शव पुस ९ गते फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा एकव्यक्ति पक्राउ परेका छन् । श्रीमती सिता नेपालीको हत्या गरेको अभियोगमा नुवाकोट घर भई बारा निजगढ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिताको शव पुस ९ गते फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?