जुम्लामा मार्सीधानको खेती घट्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
जुम्लामा मार्सीधानको खेती घट्दै

सारांश

  • जुम्ला ।
  • जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ ।
  • कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।

कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सीधानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताए । ‘धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ सुविधा खेतमै पुगेको छ । महिनौँदेखि मिहेनत गरेर रोपिएको धान घर भित्र्याउने समयमा रोगकिराको सङ्क्रमण हुने र असिनापानीले झारिदिनाले यहाँका किसान कालीमार्सीधान रोप्न चासो गर्दैनन्’, उनले भने । कालीमार्सीधानको आफ्नै पहिचान भए पनि पहिचानले मात्र खानलाउन नपुग्ने भन्दै खेती गर्न छोडिएको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाको भनाइ थियो । धान लगाउन गर्ने मेहनत अन्य अन्नबाली लगाउन गरे उत्पादन बढी हुने उनले बताए ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सीधान खेती हुने पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए । उनका अनुसार कालीमार्सीधान खेती संरक्षण गर्नका लागि किसानलाई उत्पादनमूलक क्षमता अभिवृद्धि गर्दै विभिन्न तालिम उपलब्ध गराइएको छ । ‘किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्’, प्रमुख बुढाले भने । यस वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गर्न कृषकलाई तालिम तथा अन्य आवश्यक सहयोग गरेर प्रोत्साहन गर्ने तयारी गरिएको उनको भनाइ थियो ।

यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्दछ । एक महिना यार्सा सङ्कलन गर्दा तीन गुणा बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थाीयको भनाइ छ । यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रू ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाईले वर्षदिनको रोजीरोटी सहजै व्यवस्था हुने भएपछि धान खेती गर्नुभन्दा यार्सा टिप्नु सहज हुने यहाँका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले कालीमार्सीधान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सीधानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यही जेठको पहिलो सातादेखि खेतमा मार्सीधानको रोपाइँ हुने भए पनि यो याममा जौँ खेती गर्ने किसानले बताएका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई सिटौलाको प्रश्न: सहयोगी भनेर के भन्न खोज्नुभएको ?’
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
कृष्ण ढकालका हत्यारा एक महिनासम्म फेला परेनन्
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?

तपाईंले छुटाउनुभयो कि?