कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब

सारांश

  • दिनेश बास्तब, काठमाडौं चुनाबमा भोट हाल्ने कुरा ब्यक्तिको स्वतन्त्रता को कुरा हो ।
  • ब्यवस्था र पात्रहरू चित्त बुझेन भने भोटको प्रयोग (मतदान) नगर्नपनि पाईन्छ ।
  • यस्लाई संबिधानलेपनि अपराध मानेको छैन् !

दिनेश बास्तब, काठमाडौं
चुनाबमा भोट हाल्ने कुरा ब्यक्तिको स्वतन्त्रता को कुरा हो ।ब्यवस्था र पात्रहरू चित्त बुझेन भने भोटको प्रयोग (मतदान) नगर्नपनि पाईन्छ ।यस्लाई संबिधानलेपनि अपराध मानेको छैन् !

कुरा सुरु गरौ भारतिय बिस्तारबादबाट. भारतले नेपाललाई अाफ्नो कुनै प्रान्तको रुपमा देख्ने र व्यवहार गर्न खोज्ने बिस्तारवाद नेपालको दोस्रो स्थानीय निर्वाचनमा असामान्य किसिमले अाँफुलाई सक्रिय बनाएको देखियो ।भारतले चाहेको यो संबिधानको खारेजि र उस्को अनुकुलको संविधान हो ।यो स्थिति नदेखिएपछी जे जति सकिन्छ, सडकबाटै र सरकारबाट हात पार्न खोजिरहेको छ ।त्यसैले भारतको यो प्रयासलाई सफल पार्न देउवा: अाफै स्वयम् भारतिय कुनै प्रान्तको मुख्यमन्त्री झै व्यवहार छर्लङ्गै देखाउन् थालेका छन् ।कुनै बेला राजाले असक्षम नागरिक घोषणा गरेका र गिरिजाप्रसादले कुनैपनि हालतमा देशको उच्चपदमा नपुर्‍याउनु भनेका देउवा बिडम्बना अाज देशको प्रधानमन्त्री छन।अचम्म त के छ भने कुनै टाउकोको मूल्य तोक्ने देउवा र सडकबाटै सत्ता कब्जा गर्छु भन्ने प्रचन्डको लगनगाँठो मजाले गाँसिएको छ।

केपि अोलिको सरकार लोकप्रिय बन्दै गएपछी त्यो सरकारलाई बिचमै गर्ल्याम्म ढाल्ने भारतको अर्को गोटीको रुपमा उदाय प्रचन्ड !र ईसारा अनुसार नै अघि बढ्दै गए , प्रथम स्थानीय निर्वाचन सकिएलगत्तै राजिनामा दिएर असक्षम प्रधानमन्त्रीको तक्मा पाए । अर्कोतिर अाफै सरकारमा हुँदा अलपत्र छोडेको भरतपुर मतगणना अझै जिउँकोतिउ छदैछ्।सुनिदैछ भरतपुरमा रेणु र बुटवलमा काँग्रेश जिताउने गम्भीर षड्यन्त्र हुदैछ। मुद्दा र एजेन्डाबाट टाढिदै गएको माके अाज कुर्लदै छ कि हाम्रो एजेन्डा स्थापित भयो ।माअोवादको लडाई भारतिय बिस्तारबाद बिरुद्द थियो हैन् र ? सुरुङ्ग युद्धको कुरा थियो हैन् र ? तर के थाहा बिचराहरुलाई : बच्चालाई लालिपप देखाए झैं सत्ताको मोह देखाउदै अाज भारत र नेपाली कांग्रेश माअोवादी समाप्त पार्ने खेलमा छ भनेर, तर अाज देशैभरि माकेका साथिहरु कांग्रेसलिप्त भएको देख्दा दया लाग्दैछ कि कांग्रेश बचाउने संजिवनीको बुटी बनेर अाँफै सकिदैछ , मैनबत्ति झै !! र त्यहि बुटी खाएर अमृत पिएको अमर झै सम्झेर कांग्रेस गर्व गर्दैछ ।

ईतिहासमै नेपालका कम्युनिस्टहरू लाई एउटै घेरामा गोलबद्द पार्न सफल केपि अोलिको सरकार , कम्युनिस्टको खोल अोडेको माकेले ९ महिनापनि टिक्न लिएन् तर अाज देशैभर जनताले राष्ट्रबादीहरुलाई मतदान गरे म सबैप्रति अाभारी छु । र धन्यवाद भन्न चाहन्छु

अचम्म लाग्दो त के छ भने कांग्रेस माके गठबन्धन सरकारले अाँफै अातंक मच्याईरहेछ।चुनाब बहिस्कार गर्ने पार्टि र कार्यकर्तालाई संकटकालको झ झल्को दिने खालको व्यवहार गर्दैछ।राष्ट्र बिखन्डनकारीहरुलाई फुलमालाले स्वागत गर्दैछ।दिनडाहाडै नेपाली जनताको सेवामा समर्पित नेपाल प्रहरी जस्तो गरिमामय संगठनका ए एस पि , ईन्डिस्पेक्टर, र हवल्दार र जवानहरु मार्ने योजनाकारलाई राज्यले सम्मान गर्छ अनि सम्मानस्वरुप झन्डै २ करोड ईनाम दिन्छ।राष्ट्रियताको पक्षमा लड्नेहरु अझै हिरासतमा छन्।सांसदमा गणितिय बहुमत माके कांग्रेशको भएतापनि अाज अाम जनताहरु राष्ट्रियताको पक्षमा उभिएका छन्।यस्तो बेला कुर्सी टिकाउन् बिदेशि प्रभुको सामु घुडा नै टेक्दैछन्।अान्तरिक जनअाक्रोशलाई साम्य पार्न दमनको साहरा लिदैछन्।अनि अाज माकेका साथिहरु भन्दैछन् कि हामिले सोचेभन्दा राम्रो परिणाम हाम्रो पक्षमा अायो हामी खुसि छौ ।अनि फेरि लाज पचाएर भन्दैछन् कि हाम्रो एजेन्डा स्थापित भयो ।वा वा वा माके अब कांग्रेशमै बिलय भएहुन्छ । किनकि एजेन्डा बिहिन कांग्रेश र लक्ष्य बिहिन माके । कति चाडै बिर्षेको???हिजो भारतिय बिस्तारवाद बिरुद्ध सडकमा उर्लेको ? कति चाडै बिर्सेको सुरुङ्ग युल्द गर्छौ भनेको ?? तपाईहरुको नैतिकताको राजनिति समाप्त भैसक्यो अब अाफ्नो लाज छोप्ने कपडा खोज्दै बस्नुस हैन् भने अाफुभन्दा सानो पार्टीको अडान र नैतिकताको राजनितिबाट पाठ सिक्नुहोस् र ईथिक्सको राजनीति गर्नुस् अब खोक्रो अादर्श धेरैदिन् बिक्दैन् ।

लेखक युवासंघ नेपालसंग अाबद्द छन !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?