कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
२८ पटक हेरिएको
Shares
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय

सारांश

  • काठमाडौँ ।
  • सत्तारूढ गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय भएको हो ।

काठमाडौँ । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा(एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने, “हामी गठबन्धनमा भएको दलहरुका तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने र केही खाली सिटका विषयमा सल्लाह गरेर निर्णय गर्ने सहमति भयो ।”

उक्त प्रदेशमा गत शुक्रबार नेकपा (एमाले)नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए। प्रदेशप्रमुख परशुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?