मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
३० पटक हेरिएको
Shares
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

सारांश

  • वीरेन्द्रनगर ।
  • आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ ।
  • दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो ।

वीरेन्द्रनगर ।आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ ।

दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो । जिल्लाका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका बजार मातातीर्थ औँसी पर्वले अहिलेदेखि नै भरिभराउ देखिएका हुन् । वैशाख औँसीका दिन मनाइने हिन्दू परम्पराको यो पर्व यसपालि भोलि बिहीबार परेको छ ।

हिन्दू परम्परामा पनि खासमा पर्वते समुदाय मातातीर्थ औँसी पर्वका लागि सामग्री किन्न बजार पुग्दैछन् । अहिलेको चहलपहमा महिलाको विशेष भीड देखिँदो छ । बर्दिबास नगरपालिकाका बर्दिबासचोक, हाथीलेट, खयरमारा र पथलैयाबजारमा आमाको मुख हेर्ने पर्वका लागि सामान किन्ने ग्राहक एकाबिहानदेखि बढेका छन् ।

त्यसैगरी, गौशालानगरपालिकाको गौशाला र कान्तिबजार, औरही नगरपालिकाको औरहीबजार र भङ्गाहा नगरपालिकाको सीतापुरबजारका कपडा पसल र किराना पसल ग्राहकले भरिभराउ देखिएका छन् । पर्वविशेषले कपडा र नरिवल, मिश्री, चकलेटसहितका किराना वस्तुको व्यापार बढेको बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ । पर्वले गर्दा विवाहित छोरीचेली आमा भेट्न माइत जाने चलनले आजैदेखि सार्वजनिक यातायातका साधन बस, टेम्पु, अटो, जिप र सफारीजस्ता साधन पनि यात्रुले खचाखच देखिएका छन् ।

पसलहरुमा भीड देखिए पनि यस पर्वमा विगतको जस्तो कारोबार भने नभएको व्यापारीको भनाइ छ । “पर्वले गर्दा ओहोरदोहोर र भीडभाड त देखिन्छ, तर पहिलेको जस्तो व्यापार छैन”, बर्दिबासचोकस्थित व्यापारिक प्रतिष्ठान बर्दिबास घर संसारका सञ्चालक मन्दीप गिरीले भने, “विगत वर्षका यसै पर्वमा सामान्यतया पनि आठ÷दश हजारको सामान किन्ने ग्राहक यसपालि एकाध हजारमा झरेका छन् ।” मान्छेको क्रयशक्ति निकै घटेको हुँदा पसलपसलमा भीड देखिए पनि कारोबार निकै कम रकमको भइरहेको गिरीको भनाइ छ ।

चाडबाडमा उल्लासका साथ सहभागी हुने आम उपभोक्ता यसपालि भने ‘के गर्नु रु गर्दै आइएको, गर्नै त प¥यो’ भन्ने बाध्यात्मक मनस्थितिमा भेटिने गरेका व्यापारीहरुको अनुभव छ । “बजारचोक र पसलमा भीड देख्नुहुन्छ नि, तर बिक्री उत्साहजनक छैन”, बर्दिबासचोककै सविना वस्त्रालयका सञ्चालक सविता बस्नेतले भने, “पसल रुँगेको भर छ ।” यद्यपि केही दिनयताको शून्यजस्तै बजार चहलपहल भने पर्वले बढाएको बस्नेतले बताए ।

वैशाख औँसीका दिन आमाको मुख हेरेर मिष्टान्न परिकार खुवाउने र नयाँ वस्त्र परिधान पहि¥याउने पहाडी हिन्दू परम्परा छ । पर्वमा आफ्नै जन्म दिने आमा, सासूआमा, मितआमा र आमाको नाता लगाइएका नारीलाई पूज्य मानेर दर्शन गर्दै दीर्घजीवनको कामना गरिन्छ । निधन भइसकेका आमालाई यस पर्वका दिन तर्पण दिने हिन्दू परम्परा छ ।

मधेसको मिथिला क्षेत्रमा प्रचलनमा रहेको मैथिल पञ्चाङ्गमा पनि वैशाख औँसीका दिनलाई मातातीर्थ औँसी उल्लेख गरिए पनि पाहाडी परम्पराको जस्तो आमा भेट्न जाने परम्परा भने छैन । तर दिवङ्गत मातृहरुको सम्झना गरेर तर्पण गर्ने कर्मकाण्डी परम्परा भने रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
अमेरिकी सैनिक पानीजहाज दुर्घटना, १० जना बेपत्ता, ५ घाइते
अमेरिकी सैनिक पानीजहाज दुर्घटना, १० जना बेपत्ता, ५ घाइते
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
चिठ्ठामा पनि हार्‍यो कांग्रेस !
चिठ्ठामा पनि हार्‍यो कांग्रेस !
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

तपाईंले छुटाउनुभयो कि?