अमेरिकी सैनिक पानीजहाज दुर्घटना, १० जना बेपत्ता, ५ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
अमेरिकी सैनिक पानीजहाज दुर्घटना, १० जना बेपत्ता, ५ घाइते

सारांश

  • अमेरिकी जलसेनाको युएसएस ‘जोन मक्केन’ पानीजहाज तेल बोकेको पानीजहाजसँग ठोक्किएको छ।
  • आइतबार बिहान मलेशिया नजिकै भएको उक्त दुर्घटनामा १० जना बेपत्ता भएका छन् भने ५ घाइते छन्।
  • अमेरिकी जलसेनाका अनुसार उनीहरुको उक्त पानीजहाज मलक्काको आफ्नो नियमित बन्दरगाह  जाँदै थियो।

अमेरिकी जलसेनाको युएसएस ‘जोन मक्केन’ पानीजहाज तेल बोकेको पानीजहाजसँग ठोक्किएको छ। आइतबार बिहान मलेशिया नजिकै भएको उक्त दुर्घटनामा १० जना बेपत्ता भएका छन् भने ५ घाइते छन्।

अमेरिकी जलसेनाका अनुसार उनीहरुको उक्त पानीजहाज मलक्काको आफ्नो नियमित बन्दरगाह  जाँदै थियो। बिहान करिब ६ बजर २४ मिनेट जाँदा तेल बोकेको पानीजहाजसँग ठोक्किँदा युद्धक पानीजहाजमा क्षति पुगेको हो ।

तेल बोकेको पानीजहाजमा लाइबेरियाको झण्डा फहराइएको र सैनिक पानीजहाजभन्दा निकै ठूलो भएको बताइएको छ ।

हराइरहेकाहरुको खोजीकार्य डुंगा तथा हेलिकप्टरबाट अघि बढाइएको छ ।

गत जुन महिनामा अमेरिकी सैनिक पानीजहाज ‘युएसए फिट्सजेरल्ड’ अर्को पानीजहाजसँग ठोक्किएको थियो, जसमा सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?