के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२२ पटक हेरिएको
Shares
के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्

सारांश

  • काठमाडौं ।
  • केही पुरुषहरुमा बाक्लो र लामो दाह्री राख्ने एकदमै चाहना हुन्छ ।
  • त्यहीँ कतिपयमा वंशाणुगत तथा टेस्टोस्टेरोनको कमीका कारण दाह्री बढाउन समस्या पनि पर्ने गर्छ ।

काठमाडौं । केही पुरुषहरुमा बाक्लो र लामो दाह्री राख्ने एकदमै चाहना हुन्छ । त्यहीँ कतिपयमा वंशाणुगत तथा टेस्टोस्टेरोनको कमीका कारण दाह्री बढाउन समस्या पनि पर्ने गर्छ । दाह्री बढाउनका लागि तपाईं विभिन्न तेलहरुको प्रयोग गर्न सक्नुहुन्छ ।

जोजोबा तेल: दाह्री बढाउनका लागि जोजोबा तेलको प्रयोग गर्न सकिन्छ । यसमा धेरै पोषक तत्वहरु हुन्छन् जसले दाह्री तथा कपाल बढाउन मद्दत गर्दछ ।

नरिवलको तेल: एन्टीब्याक्टेरियल तत्वले भरिपूर्ण यो तेल पनि दाह्री तथा कपाल बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसैले नरिवलको तेल लगाएर दाह्रीमा मसाज गर्नुहोस् । दिनहुँ यसो गर्नुभयो भने राम्रो नतिजा पाइन्छ ।

अमलाको तेल: अमलाको तेलको प्रयोग दाह्री बढाउनका लागि पनि गर्न सकिन्छ । यसमा पाइने पोषक तत्वहरु पनि कपाल बढाउनका लागि एकदमै फाइदाजनक हुन्छ ।

क्यास्टर तेल: जसरी कपाल बढाउनका लागि क्यास्टर तेलको प्रयोग गरिन्छ । त्यसरी नै दाह्री बढाउन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यसका लागि दिनहुँ मसाज गर्ने । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?