प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर

सारांश

  • काठमाडौं ।
  • बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।
  • प्राकृतिक विपत्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् । प्राकृतिक विपत्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अलपत्र परेकाहरुको उद्दार र घाइतेको उपचारमा कमी आउन नदिन निर्देशन दिइसकेका छन्।

उद्दारको लागि सरकारले हेलिकप्टरको व्यवस्था गरिसकेको छ । गम्भीर घाइतेहरुलाइ काठमाडौं ल्याइनेछ । प्रदेश २ प्रहीका अनुसार बारामा २७ जना, पर्सामा एकजनाको ज्यान गएको हो । खाना खाने बेलामा हावाहुरी चलेकोले अधिकांश घाइतेहरु भोकै सुतेका थिए । नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरुलाई चिया र बिस्कुट बाँडेका छन् ।

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?