ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
५१ पटक हेरिएको
Shares
ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ

सारांश

  • काठमाडौं ।
  •  ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन् ।

गत आइतबार जीवनले किराना पसलमा गएका थिए । ५ किलो मैदा र दुई लिटर खाने तेल किनेर उनले एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई थमाए। तर तिमल्सिनाले उक्त नोट जाली हो भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि खटिएको डिएसपीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो । जीवनबाट प्रहरीले एक हजारको, पाँच सय, एक सयको एक-एक वटा जाली नोट बरामद गरेको थियो ।

उनीमाथि प्रहरीले मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेको थियो । उनीमाथि बयान लिएर प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको खुलेको हो ।

त्यसपछि प्रहरीले बिहीबार गोदावरी-११ बज्रबाराहीबाट भुपाललाई पक्राउ गरेको हो । उनीबाट पनि ५ सयको एउटा, एक सयको एउटा नोट फेला पारेको हो ।

उनको डेरामा प्रहरी पुग्दा प्रहरीले प्रिन्टर पनि बरामद गरेको थियो। डेराबाट पनि थप एक हजार, ५ सय र एक सयको फोटो कपि गरिएका कागजहरू पनि फेला पारेको हो ।

उनीमाथि पनि प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?
योजना समयमै कार्यान्वयन गरिने
योजना समयमै कार्यान्वयन गरिने
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
ओली र प्रचण्डबीच आज ‘आइसब्रेक’ होला त ?
सर्वोच्चका न्यायाधीशमा कोरोना पुष्टि, वामदेवको सुनुवाई धरापमा
सर्वोच्चका न्यायाधीशमा कोरोना पुष्टि, वामदेवको सुनुवाई धरापमा
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन
उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता