योजना समयमै कार्यान्वयन गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
योजना समयमै कार्यान्वयन गरिने

सारांश

  • सुर्खेतरभेरीगङ्गा ।
  • कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् ।
  • चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् ।

सुर्खेतरभेरीगङ्गा । कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए ।

अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ । उनले भने, “बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असारअगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ ।”

नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले दिए । उक्त नगरपालिकाले चालु आवमा रु ११ करोड पँुजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो ।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९/८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि रु नौ करोड विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए। “भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ”, उनले भने ।

सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । “अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ”, नगरप्रमुख जनकराज गौतमले भने । “विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो । त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्नेगरी काम गरेका छौँ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नी ।”

(banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
अब नेवार जातिले मात्रै घर किन्न पाउने
अब नेवार जातिले मात्रै घर किन्न पाउने
मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल
मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)

तपाईंले छुटाउनुभयो कि?