काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २४, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४६४ सय जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४६४ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार १ सय ६७ जनाको पिसीआर परिक्षणमा १ हजार ८१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३३ हजार ८ सय ८२ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३९४ जना र ललितपुरका ३४ जना र भक्तपुरका ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?