राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
सारांश
- बीबीसी।
- २०१९ मा हुने आम निर्वाचन भन्दा पहिला पाँच राज्यमा भएको विधानसभा निर्वाचनका नतिजा आइसकेको छ।
- कांग्रेसले राजस्थान, छत्तीसगढमा जित हासिल गरेको छ भने मध्य प्रदेशमा पनि सबैभन्दा ठूलो दल बनेको छ।
बीबीसी। २०१९ मा हुने आम निर्वाचन भन्दा पहिला पाँच राज्यमा भएको विधानसभा निर्वाचनका नतिजा आइसकेको छ। कांग्रेसले राजस्थान, छत्तीसगढमा जित हासिल गरेको छ भने मध्य प्रदेशमा पनि सबैभन्दा ठूलो दल बनेको छ। राहुल गान्धीले कांग्रेस अध्यक्षका रुपमा एक वर्ष त्यही दिन पूरा गरे जुन दिन विधानसभा चुनावको नतिजा आएको थियो। यस्तो अवस्थामा कांग्रेसको राम्रो प्रदर्शन राहुललागि किनै महत्वपूर्ण हुन्छ।
कांग्रेसले यस्तो समयमा भाजपालाई हराएको छ, जब संगठनलाई लिएर मतदाताबीच भाजपा बलियो स्थितिमा छ। यस्तो अवस्थामा टोली नेता भएका कारण राहुल गान्धी आफ्ना दुई विश्वासपात्र सचिन पाइलट र कमल नाथप्रति आभारी हुनुपर्छ। यी दुवै नेताले उनीहरुको मेहनत र लगनकालागि विशेष केही कुरा पाउनुपर्छ।
को बन्छ मुख्यमन्त्री ?
मध्य प्रदेश र राजस्थानमा कमल नाथ र सचिन पाइलट मुख्यमन्त्री पदका मुख्य हकदार हुन्।
तर मुख्य कुरा के छ भने राजस्थानका प्रमुख नेता अशोक गहलोतलाई अखिल भारतीय कांग्रेस समितिको महासचिव बनाइएको थियो। कांग्रेसमा आईसीसीको महासचिव (संगठन) लाई गान्धी परिवारपछि सबैभन्दा धेरै शक्तिशाली नेता मानिन्छ। यस्तो अवस्थामा गहलोतलाई यो पद दिनु महत्वपूर्ण हुन्छ। तर गहलोतलाई जुन काम दिइएको छ त्यसको आइकन मे २०१९ मा हुने लोकसभा चुनावमा गरिने भएको छ।
यदि कमल नाथको कुरा गर्ने मे २०१८ मा कांग्रेसको मध्य प्रदेश शाखाको अध्यक्ष बनाएपछि कांग्रेसका वरिष्ठ सांसदले पेशेवर अंदाजमा आफ्नो काम गरेका थिए। कमल नाथले तीव्रगतिमा ६५ राजकीय सरकारी कर्मचारी संघ र अगल अगल सामाजिक धार्थिक र आर्थिक समूहसम्म आफ्नो पहुँच बनाएका थिए। मध्य प्रदेशमा कांग्रेसकालाथि समर्थ जुटाउने प्रक्रियामा उनले भोपालको श्यामला हिलस्थित कांग्रेस कार्यलयमा लामो बैठक गरेका थिए। यो कार्यलयको छेउमै शिवराज चौहानको निवास छ। कमल नाथले भोपालको हुजुर विमानसभामा एक सिन्धी समुदायका उम्मेद्वारलाई टिकट दिएका थिए। सामान्य रुपमा हेर्ने हो भने यो समुदायले भाजपाको समर्थन गर्छ। तर, नाथको यो रणनीतिका कारण यो समुदाय कांग्रेसप्रति आकर्षित भयो।
सामाजिक संजालमा कांग्रेसको पक्षमा समर्थन जुटाउन पाँच सय जनाको टिमले लगातार काम गर्यो। अझ रमाइलो त के थियो भने उक्त टिम कांग्रेसका प्रादेशिक कार्यालयमा रहेको वार रुम र सोशल मिडियो टिमभन्दा बेग्दै थियो। आरएसएसको स्वयंसेवकको संगठनात्मक शक्तिसँग प्रतिश्पर्धा गर्नकालागि कमल नाथले आगनवाडी र आशा स्वास्थ्य कार्यकर्ताको सहयोग लिए।
महिलाको बाहुल्यता भएको यो समूहले छिमेकी जिल्लामा घुमेर कांग्रेसका उम्मेदवारले अन्य उम्मेद्वार भन्दा राम्रो काम गरेका छन की छैनन् भन्ने जानकारी दिन्थ्यो। यही समूहबाट आएका प्रतिक्रियाको सहयोगबाट कांग्रेसको चुनाव प्रचारका क्रममा कयौं कुरा सुधार गर्न सकिएको थियो।
कांग्रेसलेले विधानसभा निर्वाचनमा जित हासिल गरेसँगै महागबन्धन बनाउने विषयमा पनि चर्चामा आउन थालेको छ। चन्द्रबाबु नायडूले आगामी निर्वाचनकालागि नरेन्द्र मोदी नेतृत्वको एनडीए विरुद्ध राज्यस्तरीय गठबन्धन बनाउने कोशिशमा छन्। तर विधानसभा चुनावमा शानदार प्रदर्शन महागबन्धनमा कांग्रेसलाई बलियो बनाउन सक्छ। यसरी हेर्दा मायावतीले राहुल गान्धीलाई नेता मान्न बाध्य हुनुपर्ने अवस्था आउँछ। जुन अहिलेसम्म हुन सकेको छैन। तर कांग्रेसको एक शानदार प्रदर्शन गर्ने स्थितिमा मायावती झन टाढिन सक्ने अवस्था आउँछ त्यसो भने उनी भाजपा नेतृत्वको एनडीएको नजिक पुर्याउन सक्छ। मोदी विरुद्ध महागठबन्धनको सफलताकालागि युपी, बिहार, पश्चिम बंगाल, आन्ध्र प्रदेश र तमिलनाडूमा गैर–एनडीएमा विवाद आउनुपर्छ र कांग्रेसले विजेपी विरुद्ध शानदार प्रदर्शन गर्नुपर्छ। तर संसदीय चुनावमा मोदीलाई सत्ता बाहिर गर्न मोदीको विरोध गर्ने दल समिकरण गर्न अहिलेसम्म सफल भएका छैनन्।
प्रतिक्रिया