चैतमै सकिए ९५ प्रतिशत योजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
चैतमै सकिए ९५ प्रतिशत योजना

सारांश

  • बलेवा ।
  • चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् ।
  • यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।

बलेवा । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् ।

यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।

जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठुला आयोजनाको काम चलिरहेका छन् । बहु वर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडा स्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो ।

केही ढिला गरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘नगर स्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’, गिरी भन्छन् । ‘समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौँ ।’

सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्यो बाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चार वटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानी बाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भिडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन । ‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलब्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौँ, केही हदसम्म सफल भएका छौँ’, नगर उपप्रमुख हरिहर शर्माले भने, ‘मङ्सिर र चैत मसान्तको समय सीमाले काम द्रुत भए ।’ उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समय सीमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।

जैमिनीका दश वटै वडा स्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरी बताउँछन् । ‘वडामा पनि हामी लक्ष्यको नजिक छौँ, रकमान्तर भएकाबाहेक सबै काम सकिए’, उनले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’

नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चित कोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र समानीकरण अनुदान कमी आएमा ठुला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य सचिव अर्याल निलम्बनमा
मुख्य सचिव अर्याल निलम्बनमा
टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष जेल
टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष जेल
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने
नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने
बैंकर्स लक्ष्मीबहादुर श्रेष्ठ ठगी मुद्दामा जेल जाने
बैंकर्स लक्ष्मीबहादुर श्रेष्ठ ठगी मुद्दामा जेल जाने
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री

तपाईंले छुटाउनुभयो कि?