‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
सारांश
- पछिल्लो समय चलचित्रकर्मीहरु आफ्नो चलचित्र प्रचार गर्नको लागी विभिन्न विधिहरू अपनाउने गर्दछन् ।
- यसैमा चलचित्र मिस्टर झोले प्रमोसनको लागी कभर भिडियो कम्पिटिसन अगाडी ल्याएको छ।
- चलचित्र मिस्टर झोलेकाे सार्वजनिक भएको गीत ‘ओखती…’ बोलको गीतलाई नृत्यको माध्यमबाट र ड्रामा गरेर कम्पिटिसनमा सहभागी हुन पाइने छ ।
पछिल्लो समय चलचित्रकर्मीहरु आफ्नो चलचित्र प्रचार गर्नको लागी विभिन्न विधिहरू अपनाउने गर्दछन् । यसैमा चलचित्र मिस्टर झोले प्रमोसनको लागी कभर भिडियो कम्पिटिसन अगाडी ल्याएको छ।
चलचित्र मिस्टर झोलेकाे सार्वजनिक भएको गीत ‘ओखती…’ बोलको गीतलाई नृत्यको माध्यमबाट र ड्रामा गरेर कम्पिटिसनमा सहभागी हुन पाइने छ । उक्त प्रतिस्प्रर्धाको रिजल्ट भने पुस २३ गते आउट गर्ने बताइएकाे छ । इच्छुकले कभर भिडियो बनाई पुस २१ गते (जनवरी ५) सम्म (info@highlightsnepal.com) मेल गरिसक्नु पर्ने निर्माण पक्षले बताएको छ ।
प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगद पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेककाे छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको सङ्गीत रहेको चलचित्रमा रवि न्यौपानेको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ
प्रतिक्रिया