११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

सारांश

  • काठमाडौं ।
  • आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ।
  • निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन्।

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ। निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन्।

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

यस्तै, मृत्युको कारण नखुलेको दुई र अन्य कारणले तीन वन्यजन्तुको मृत्यु भएको उनले बताए। मृत्यु भएका गैँडा १३ वटा नवलपरासी र नौवटा चितवन जिल्ला क्षेत्रमा भेटिएका थिए। मृत्यु भएका सबै बाघ प्राकृतिक कारणले मरेको तिवारीले बताए ।

यस अवधिमा दुई हात्तीको मृत्यु भएको छ । मृत्यु भएका दुई हात्तीमध्ये एउटा सरकारी घरपालुवा र एउटा निजी हात्ती छन्। सबैभन्दा धेरै ५१ वटा चित्तलको मृत्यु भएको छ। कुकुरको आक्रमणबाट मात्रै २५ चित्तलको मृत्यु भएको तिवारीले जानकारी दिए ।

यस्तै, अर्ना तीन, चितुवा एक, गौरीगाई तीन, जरायो सात, बँदेल तीन, कछुवा दुई, लगुना एक, धनेश एक, घडियाल गोही आठ, मगर गोही एक, रतुवा एक र एउटा दुम्सीको मृत्यु भएको छ। कार्यालयले यो अविधमा एक सय १७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस  (भिडियोसहित)
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस (भिडियोसहित)
धान खेत मासेर केराखेती
धान खेत मासेर केराखेती
‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक
‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत
कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’
सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?

तपाईंले छुटाउनुभयो कि?