चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

सारांश

  • काठमाडौं ।
  • चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ ।
  • सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी
उपत्यकामा कस्ता घरको बिक्री बढी छ ?
उपत्यकामा कस्ता घरको बिक्री बढी छ ?
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै
आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’

तपाईंले छुटाउनुभयो कि?