आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

सारांश

  • काठमाडौं।
  • प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन्।
  • सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।

काठमाडौं। प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन्। सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।

हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना सहित र सम्मान गर्दै मनाइन्छ।

ससंयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन्।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ। नेपाल पत्रकार महासंघले आज बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महास‌‌काे सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?