भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
५६ पटक हेरिएको
Shares
भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • काठमाडौँ ।
  • भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
  • घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् ।

काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् । पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् । पक्राउ पुर्जी जारी भएका हरिभक्त  न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् ।हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ । केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका सागर  मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सन्देश शर्मा  चैत २९ मा पक्राउ परेका थिए ।

वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका हुन् । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत
सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत
सिंहदरबार प्रवेशमा एकद्वार प्रणाली
सिंहदरबार प्रवेशमा एकद्वार प्रणाली
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा