कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो ।

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो ।

“बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो, तर कुनै निर्णय भएको छैन” बैठकको बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भने, “छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन।”

पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनअनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको र राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?