प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव

सारांश

  • काठमाडौं, २८ मंसिर ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएपछि दोस्रो तहका नेताहरु अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिलाउन सक्रिय भएका छन् ।
  • अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनताको अवस्था रहेको बेला दोस्रो तहका नेताहरु वार्ताको लागि जुटेका छन् ।

काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएपछि दोस्रो तहका नेताहरु अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिलाउन सक्रिय भएका छन् । अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनताको अवस्था रहेको बेला दोस्रो तहका नेताहरु वार्ताको लागि जुटेका छन् ।

हिजोमात्रै ओलीनिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । आज ओलीको सन्देश बोकेर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ दाहालनिवास खुमलटार पुगेका छन् । स्थायी कमिटी बैठक बस्नुभन्दा अघि नेम्वाङले दाहालसँग भेटवार्ता गरेका हुन् । भेटमा नेम्वाङले दुई अध्यक्ष मिलेर नै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विपक्षी दलहरुले समेत नेकपाको एकता चाहेको उल्लेख गर्दै दुई अध्यक्ष मिल्दा नै पार्टी, जनता र देशको हितमा हुने कुरा दाहाललाई सम्झाएका थिए । नेम्वाङले दाहालसँगको भेटवार्ताबारे संक्षिप्त जानकारी दिँदै विवाद समाधानको लागि दाहाल सकारात्मक रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?