चुनाबको चहलपहल गाउ देखि सहर सम्मै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
१७२ पटक हेरिएको
Shares

सारांश

  • निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् ।
  • जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ ।
  • गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ ।

निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ ।

गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपालगायतका सैब दलले चुनावी तयारीअन्तर्गत घरदैलो, विभिन्न समिति गठनदेखि जनतालाई जगाउने काममा लागेका हुन् ।

नेकपामाओवादी केन्द्रले पनि चुनावको तयारीका लागि विभिन्न स्थानमा भेटघाट, सङ्गठन विस्तारमा लागेको जनाएको छ । त्यस्तै राप्रपा पनि चुनावको तयारी गरेको उल्लेख गरेको छ ।
हाल जिल्लाका विभिन्न स्थानमा चियापसल चौतारीमा समेत चुनावको वारेमा चर्चा परिचर्चा हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?