महिला भलिबलमा नेपाल सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
महिला भलिबलमा नेपाल सेमिफाइनलमा

सारांश

  • काठमाडौँ ।
  • एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

काठमाडौँ । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यस जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

नेपालले बङ्गलादेशलाई पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले विजयी भयो ।

समूह ‘ए’ को नेपालले ६ अङ्क जोडेको छ । समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको तलब बढ्ने, वृद्धभत्ता ५ हजार पुर्याउने गरी बजेट बनाइदै !
पुस २६ गते आइतवारको राशिफल यस्तो छ
पुस २६ गते आइतवारको राशिफल यस्तो छ
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
मधेश सरकारका द्धयमन्त्रीद्वारा राजीनामा
मधेश सरकारका द्धयमन्त्रीद्वारा राजीनामा
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
यी हुन् कोरोनाबाट अति प्रभावित जिल्ला
प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने
प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने

तपाईंले छुटाउनुभयो कि?