गोलभेंडा र काउलीमा अत्यधिक विषादी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
गोलभेंडा र काउलीमा अत्यधिक विषादी

सारांश

  •   -पाँचखालबाट भित्रिएको काउलीमा ६६.
  • ८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.
  • ५ प्रतिशतसम्म विषादी -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ ।

 

  • -पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी
  • -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि

असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस विधिबाट विश्लेषण गरेको थियो । त्यसक्रममा गोलभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको पेला पारेको हो । विभागका सहप्रवक्ता मदनकुमार चापागाईका अनुसार काउली, गोलभेंडा, आलु, बोडी, करेलालगायत १२ प्रकारको तरकारीमा अनुगमन गरेको थियो । त्यसमध्ये १ सय ३१ नमुना संकलन र विश्लेषण भएको उनले बताए ।
इकान्तिपुर बाट साभार ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?