आन्दोलनका कारण मालपोतको काम ठप्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १५ भदौ ।
  • मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।
  • एशोसिएसनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् ।

भक्तपुर, १५ भदौ । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।

एशोसिएसनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो ।

एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उहाँको आरोप थियो ।

उहाँले भन्नुभयो, “मन्त्रालयको निर्णय भन्दै रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि अझै जग्गा कित्ताकाट नगरेर दुःख दिएको छ ।”

एकैघरको पितापुर्खाको पैतृक सम्पत्तिको नामसारीमा समेत लाभकर लिने गरेको आरोप कार्यालयमाथि लागेको छ ।

एशोसिएसनका पूर्वअध्यक्ष राजेन्द्र बस्नेतले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन माग गर्दा उल्टै मोठमा जान नपाएर आन्दोलनमा उत्रिएको आरोप लगाएको गुनासो गर्नुभयो ।

उहाँले मालपोत कार्यालयले वार्तामा बोलाएर माग सम्बोधन नगरेसम्म मालपोतको काम ठप्प पार्ने बताउनुभयो ।

लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डालगायतका विभिन्न कामका लागि आएका सयौँ सेवाग्राहीलाई कार्यालयभित्र जान नदिएपछि उनीहरु फर्किएका छन् ।

कार्यालयका प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर समस्या पारेपछि त्यसलाई रोक्न खोज्दा लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले फाँटमा बाहिरी व्यक्ति प्रवेश गर्न रोकेकै दिनदेखि उहाँहरुले आन्दोलन गर्नुभएको छ । खासै माग पनि छैन, प्रमुख फेर्नुप¥यो भन्ने माग हो । कुनै हालतमा हामी फाँटमा बाहिरी मान्छेलाई प्रवेश गर्न दिन्नौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
भक्तपुरको रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार
भक्तपुरको रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार
नोभेम्बर दोस्रो साताबाट  बाघ गणनाको तयारी
नोभेम्बर दोस्रो साताबाट बाघ गणनाको तयारी
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक