आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ ।
  •   आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ ।

आफूलाई विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवं जबर्जस्तीरूपमा जाहेरी फिर्ता लिन लगाइएको भनी सिराहा नगरपालिका–२ की यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको टोलीले अनशनस्थलमा पुगी निजको स्वास्थ्यावस्था सम्बन्धमा जानकारी लिएको छ । पहिलेदेखि नै स्वास्थ्यमा विभिन्न समस्या रहेको र अहिले लामो समयदेखि आमरण अनशनमा रहँदा निजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
नमिता सुनिता नीरा हत्याकाण्ड राजतन्त्रले दवायाे निर्मला पन्त काण्ड कस्ले दबाउदैछ ?
इटालीमा आठ आप्रबासीको शव फेला
इटालीमा आठ आप्रबासीको शव फेला
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
फेरी ग्यासबुलेट दुर्घटनामा !
फेरी ग्यासबुलेट दुर्घटनामा !

तपाईंले छुटाउनुभयो कि?