टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

सारांश

  • तेह्रथुम।
  • खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ।
  • शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

तेह्रथुम। खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए।

शनिवार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए। शव मृतकका परिवारलाई आज मात्र बुझाइने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?