विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
४१ पटक हेरिएको
Shares
विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

सारांश

  • काठमाडौँ ।
  • चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।
  • नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो ।

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई रु १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० वैशाख मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

(fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
चुनाव सकिएपछि कहाँ गए रोल्पाका नेता ?
चुनाव सकिएपछि कहाँ गए रोल्पाका नेता ?
नेपालकाे विजयी यात्रा जारी, अन्तिम खेल बलियाे टाेलीसँग !
काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
देउवाको ढंग पुगेन !, अब के गर्लान् ?
देउवाको ढंग पुगेन !, अब के गर्लान् ?
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !