नयाँ शक्तिलाई अर्को झट्का : रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए
सारांश
- काठमाडौं ।
- नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् ।
- झा र शर्माले माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
काठमाडौं । नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् । झा र शर्माले माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताए ।
एमालेबाट माओवादी हुँदै नयाँ शक्तिमा पुगेका झा पछिल्लो समय एमाले फर्किने चर्चा पनि चलेको थियो ।
छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका थिए ।
प्रतिक्रिया