सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वा्चित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार हेर्न नमिल्ने भएपछि सोमबार आजका लागि पेसी तोकिएको छ।
  • न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो तर सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वा्चित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार हेर्न नमिल्ने भएपछि सोमबार आजका लागि पेसी तोकिएको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो तर सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वा्चित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्या्दित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ। प्रतिनिधिसभाले आइतबार सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वा्चित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने सोमबार आजका लागि तय भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?