दशैंमा मौसम सामान्यतया सफा रहने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०८०
|
|
३७ पटक हेरिएको
Shares
दशैंमा मौसम सामान्यतया सफा रहने

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
  • महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए।
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए। “दशैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने।
     महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।
भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महरालाई अझै ३ दिन थुन्न अनुमति
महरालाई अझै ३ दिन थुन्न अनुमति
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
धुर्मुस सुन्तली फसे लफडामा ??? बिदेशी सग ६ करोड लिएको आङकाजीको आरोप !!!
नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ
नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने
कुन-कुन समयमा चुरोट पिउनु बढी नै खतरा हुन्छ ? थाहा पाउनुहोस्
कुन-कुन समयमा चुरोट पिउनु बढी नै खतरा हुन्छ ? थाहा पाउनुहोस्