राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

सारांश

  • दोधारा चाँदनी ।
  • आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ ।
  • यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो ।

दोधारा चाँदनी । आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ ।

यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यसवर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ ।

महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताए ।

आगामी आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड बजेट छुट्याइएको थियो ।’

आयोजनाका लागि आव २०८०र८१ का लागि दुई अर्ब बजेट माग गरिएकामा एक अर्ब १७ करोड विनियोजन भएको इञ्जिनियर पण्डितले जानकारी दिए । माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने उनको भनाइ थियो ।

आयोजनाअन्तर्गत आगामी आवमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने योजना छ भने निर्माण सम्पन्न भएको मूल नहरको २८ किलोमिटरमा २२ शाखा निर्माण गरी किसानलाई सिँचाइका लागि पानी पुर्‍याउने लक्ष्य रहेको इञ्जिनियर पण्डितले बताए ।

आर्थिक वर्ष २०६३र६४ देखि आयोजनाको काम सुरु भएको थियो । ‘केहीवर्ष मुआब्जा विवादका कारण काम सुरु हुन सकेन् । काम सुरु भएपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतीमा काम भएको छ’, उनले भने, ‘पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखिए पनि आवश्कताअनुसार बजेट आउन नसकेपछि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।’

त्यस्तै, सुदूरपश्चिमको महत्वपूर्ण योजना मानिएको महाकाली करिडोरमा पनि आवश्यकता अनुसार बजेट आएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म जोड्ने निर्माणाधीन उक्त सडकले पनि न्यून बजेटका कारण गति लिन सकेको छैन ।

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यसवर्ष करिडोरका लागि माग गरेको भन्दाआधा मात्रै बजेट आएका बताए । ‘८० करोड माग गरिएकामा रू ४५ करोड मात्रै विनियोजन गरिएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले रू ५१ करोड बजेट पाएको थियो आगामी वर्षका लागि झन घटेर आएको छ ।’

आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिङ्करसम्म चार सय २५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म तीन सय ३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिङ्करसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

सेनाले निर्माण गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड विनियोजन भएको प्रमुख जोशीले जानकारी दिए । आयोजना कार्यालयका अनुसार तीन सय ३४ किमीमध्ये अझै एक सय नौ किमी ट्र्याक खोल्न बाँकी छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले राष्ट्रिय गौरवका आयोजनाको बजेट घटनु दुःखद भएको बताए ।

‘पाँच वर्षमा सम्पन्न हुने आयोजना पन्ध्र वर्ष पुग्दा पनि सम्पन्न हुनसकेका छैनन्’, उनले भने, ‘सरकारले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर आवश्यकता अनुसार बजेट विनियोजन गर्नु पर्दछ ।’ न्यून बजेटका कारण आयोजनाको काम हालसम्म पनि सम्पन्न हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा भन्छन् – पार्टीमा एकता नचाहने पराजित भए
‘Kedarnath’ director Abhishek Kapoor takes his pregnant wife Pragya on a lunch date!
‘Kedarnath’ director Abhishek Kapoor takes his pregnant wife Pragya on a lunch date!
नेकपाको पार्टी एकता ‘आकस्मिकरुपमा’
नेकपाको पार्टी एकता ‘आकस्मिकरुपमा’
एमालेबाट को बन्ला राष्ट्रपति ?
एमालेबाट को बन्ला राष्ट्रपति ?
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
जवरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा १ पक्राउ
जवरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा १ पक्राउ
द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति
द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

तपाईंले छुटाउनुभयो कि?