यौन हिंसाको आरोप लागे पछि इण्डियन आइडल १० छोडे अनु मल्लिकले
सारांश
- बलिउडमा धेरैको सातो लिएको मिटु ह्यास्ट्यागको पछिल्लो शिकार बनेका छन् संगीतकार अन्नु मल्लिक ।
- चर्चित संगीतकार तथा रियालिटी सो इण्डियन आइडलको नियमित निर्णायकको रुपमा रहँदै आएका मल्लिकले यौन हिंसाको आरोप लाग्ने बित्तिकै उक्त कार्यक्रमबाट बाहिरिनु परेको छ ।
- चार जना भन्दा धेरै महिलाले उनलाई यौन हिंसाको आरोप लगाएका छन् ।
बलिउडमा धेरैको सातो लिएको मिटु ह्यास्ट्यागको पछिल्लो शिकार बनेका छन् संगीतकार अन्नु मल्लिक । चर्चित संगीतकार तथा रियालिटी सो इण्डियन आइडलको नियमित निर्णायकको रुपमा रहँदै आएका मल्लिकले यौन हिंसाको आरोप लाग्ने बित्तिकै उक्त कार्यक्रमबाट बाहिरिनु परेको छ । चार जना भन्दा धेरै महिलाले उनलाई यौन हिंसाको आरोप लगाएका छन् । आरोप लाग्ने बित्तिकै उनलाई इण्डियन आइडलको निर्णायकबाट निकालिएको र न्यूज एजेन्सी अफ इण्डिया (एएनआई)का अनुसार मल्लिकको स्थानमा विशाल ददलानी र नेहा कक्कडसँगै अर्को कुनै चर्चित गायकलाई लिने तयारी भइरहेको छ ।
संगीतकार मल्लिकलाई सोना महापात्र र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । यी दुई बाहेक अन्य दुई जनाले पनि उनलाई आरोप लगाएका थिए । मल्लिकको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले शोबाट बाहिरिन भनेको थियो ।
प्रतिक्रिया