कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
५७ पटक हेरिएको
Shares
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

सारांश

  • काठमाडौं।
  • भारतीय पूर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
  • कर्णाली याक्सले ३८ बर्षीय भारतीय पूर्व खेलाडी धवनलाई भित्र्याएको हो।

काठमाडौं। भारतीय पूर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। कर्णाली याक्सले ३८ बर्षीय भारतीय पूर्व खेलाडी धवनलाई भित्र्याएको हो। धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन्। धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।

भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलेका धवनले आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए। उनले आइपिएलमा पञ्जाव किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए।

उनले भारतकालागि अन्तिम खेल २०२२ को डिसेम्बरमा खेलेका थिए। सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?