एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिए
सारांश
- काठमाडौ ।
- डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
काठमाडौ । डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख थियो।
गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया