‘नीरफूल’को विशेष प्रदर्शनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
२० पटक हेरिएको
Shares
‘नीरफूल’को विशेष प्रदर्शनी

सारांश

  • काठमाडाैं।
  • गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए।
  • सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए।

काठमाडाैं। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए। सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन्। नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उनले भने, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ। यो यथार्थ चित्रण हो।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरिन्। उनले भनिन्, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन? भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल। हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ। यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरिन्। स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो। “यसमा हाँसो र रोदन दुवै छ। कलाकारले पात्र बाँचेका छन्, गीत–संगीतमा संस्कृति झल्किन्छ। यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उनले भनिन्।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए। “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु। हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उनले भने।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासंघका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डंगाेल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
वर्षाले पर्यावरण र किसानलाई राहत
वर्षाले पर्यावरण र किसानलाई राहत
हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना
हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 

तपाईंले छुटाउनुभयो कि?