एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सारांश

  • काठमाडौं ।
  • विशेष कार्यक्रमकाबिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं.
  • ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएम् को समुद्घाटन गरेको छ ।

काठमाडौं । विशेष कार्यक्रमकाबिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएम् को समुद्घाटन गरेको छ ।

सो एटिएम्को समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गरे ।

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित श्रेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?