कुन-कुन कलाकारको छ त आफ्नै विमान ?
सारांश
- एजेन्सी ।
- बलिउडका थुप्रै कलाकारहरु जस्ले आफ्नै निजी विमानमै यात्रा गर्न मन पराउँछन् ।
- सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् ।
एजेन्सी । बलिउडका थुप्रै कलाकारहरु जस्ले आफ्नै निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् ।
चर्चित भारतीय नायक सलमान खान को आफ्नै निजी विमान छ फ्यान फलोअरबाट बच्न पनि उनी सफरमा यही नीजी विमानमा सयर गर्ने गर्छन् ।
प्रियंका चोपडा पनि आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछिन् । विशेषगरी मानिसको भिडभाडबाट टाढा रहन कलाकारहरु यस्तो गर्ने गर्छन् ।
ऋतिक रोशन पनि आरामदायी यात्रा गर्नका लागि आफ्नो निजी विमानमै यात्रा गर्ने गर्छन् ।
अजय देवगन पनि शान्तिपूर्ण भ्रमणका लागि आफ्नो निजी विमानकै प्रयोग गर्ने गर्छन् ।
अभिनेता अमिताभ बच्चन पनि शान्तिपूर्ण यात्राका लागि आफ्नो निजी विमानमै यात्रा गर्न रुचाउँछन् ।
अभिनेता अनिल कपूर समेत भ्रमण गर्नुपरेमा आफ्नो निजी विमान नै चुन्ने गर्छन् । फिल्म ‘दिल धडक्ने दो’मा सँगै काम गरेका समय उनी रणवीर सिंह र फरहानसँग आफ्नो निजी विमानमा देखिएका थिए ।
शिल्पा शेट्टी पनि भ्रमणका क्रममा आफ्नै विमान प्रयोग गर्ने गर्छिन् ।
ऐश्वर्या राय बच्चन र अभिशेक बच्चनकाे पनि अाफ्नाे छुट्टै विमान छ ।
प्रतिक्रिया