जेठ २५ गते आइतबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
जेठ २५ गते आइतबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
  • सन्तान सुख मिल्नेछ ।
  • प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मंगल कार्यको योजना बन्ने योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधुरो कामको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?