निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

सारांश

  • काठमाडौं।
  • कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए।

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए।

डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छिन्। यसअघि उनी प्रहरी उपरीक्षक हुँदा सो घटनाको अनुसन्धानमा खटिएकी थिइन्।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन्।

उनीहरूलाई सो घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ। यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए।

विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो। अहिलेसम्म सो घटनाका दोषी पत्ता लाग्न सकेको छैन। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै
फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
आजदेखि देशभरका अदालत बहिष्कार
आजदेखि देशभरका अदालत बहिष्कार
चैते धानको बीउ सुक्न थाल्यो
चैते धानको बीउ सुक्न थाल्यो
गणेशको दसैँ गीत बजारमा
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ